News Portal

  • मोरङको टाईम्स हस्पिटलले निःशुल्क आँखा शिविर संचाल

    हिमालीसंचार संवाददाता
    ४४० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाका रंगेली नगरपालिका ७ स्थित रहेको टाईम्स हस्पिटलले निःशुल्क आखा शिविर उपचार तथा सल्यक्रिया सेवा सुरु गरेको छ ।

    अस्पतालले विशेषज्ञ डाक्टर सहितको सेवा रंगेली पहिलो पटक संचालन गरिएको हो । पछिल्लो समयमा अस्पतालमा अध्यक्ष तथा पदाधिकारीहरुको हेरफेर भएसंगै अस्पतालमा थप सेवाहरु समेत संचालनमा ल्याएको छ ।  

    अस्पतालमा बिगतका दिनहरुमा २४ घण्टा एमर्जन्सि, दैनिक विरामी जाँच सेवा फिजिसियन सेवा, प्रस्तुति तथा स्त्री रोग सेवा, नवजात शिशु तथा बाल रोग,  हाडजोनी तथा नशा रोग, छाला तथा यौन रोग,  दन्त उपचार लगायत सेवाहरु समेत दिदै आईरहेको थियो । 

    बिगत बर्षदेखि रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका स्थानीयहरुले आँखाको सफल अप्रेशन गर्नेका लागि रंगेलीदेखि २२ किलोमिटर टाढा प्रदेशको राजधानी पुगेर मात्रै सफल आँखाको अप्रेसन गर्नुपर्ने बाध्यता रहेता पनि अबका दिनमा भने आफ्नै गाउँ घर नजिकै सफल उपचार गराउन पाउँदा आफूहरु खुशी भएको स्थानीय हरेराम मुखियाले बताए । 

    अध्यक्ष सुब्बाका अनुसार यस भेगका गरिव परिवारहरुले बर्षौदेखि अहिलेसम्म पनि आँखामा माेतियविन्दु बोकेर हिड्ने गरेको र अब हामीहरुले नै यहिबाट सेवा दिएपछि अबका दिनहरुमा कसैले पनि आफ्नो रोग नलुकाई नवस्न र समयमै उपचार गराउन सल्लाह समेत दिएका छन ।  

    अन्यत्र भन्दा टाईम्स अस्पतालले हरेक सेवामा गरिव परिवारलाई  सहुलियत र सहज होस् भनेर कम रकममा सेवा प्रवाह गर्दै आईरहेको समेत अध्यक्ष सुब्बाले हिमालीसंचारडटकमसंग बताए।

    एक दिने निःशुल्क आँखा शिविरमा १  सय ६० जनाले आँखा चेकजाँच गराएका थिए । ७० जनाबृद्धहरुको मोतिया बिन्दु फेला परेको र उनिहरुको अस्पतालमै केही दिन पछि बृद्घहरुको  सल्यक्रिया समेत गरिने टाईम्स अस्पतालका अध्यक्ष भक्त सुव्वाले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी...

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा...