News Portal

म्यादी प्रहरी १ लाख मात्रै भर्ना लिन अर्थको अनुमति

४० दिनको तलब ३० हजार माथि, रासन खर्च ७ हजार २ सय

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं – स्थानीय तहको निर्वाचन गराउन १ लाख मात्र म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो ।

विस २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना लिने भएको हो। चैतको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । उनले भने–‘म्यादी प्रहरीले प्रहरी जवान सरह तलव र रासन बापत थप ७ हजार सेवा सुविधा पाउँछन् ।’  

म्यादी प्रहरी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन अझै बाँकी छ । सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर आगामी चैत २८ गतेबाट म्यादी प्रहरी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ वैशाख ३० गते चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् । 

चुनावमा खटिने म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । उनीहरुले रासन बापत थप ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुने बताईन्छ। 

१ लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च हुन्छ । एक साताको तालिम चलाउन १ करोड ५४ लाख खर्च हुने आकलन गरिएको छ । केन्द्रले तोकेको संख्यामा जिल्ला प्रहरी कार्यालयहरूले म्यादी प्रहरी भर्ना गर्ने प्रहरी प्रवक्ता केसीले बताए । कुन जिल्लामा कत्ति म्यादी प्रहरी चाहिन्छ भन्ने मतदान केन्द्र अनुसार निर्धारण हुने बताएको छ। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...