News Portal

गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेत दैनिक उडान गर्ने

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं – नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणका निवेदन दिएको छ ।

आगामी जेठ २ गतेबाट दैनिक उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको हो। जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । यो संगै प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरेको छ । 

जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा प्राधिकरणका अधिकारीहरुको छ । नेपाल सरकारले बुद्ध पूर्णिमाको दिन जेठ २ गते पारेर यो विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा यसअघि नै गरेको थियो ।

आगामी वैशाख १ गते परीक्षण उडानः प्राधिकरणको तयारी अनुसार वैशाख १ गते परीक्षण उडान गर्ने तयारी छ । उपमहानिर्देशक कर्णका अनुसार नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण गरिने छ ।

‘हाम्रो तयारी अनुसार सम्भवतः वैशाख १ गतेको दिन परीक्षण गर्छौं,’ उनले भने । यसअघि एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणपछि रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत प्रकाशन सार्वजनिक भइसकेको छ । यससँगै विमानस्थल उडानयोग्य बनेको छ । आगामी वैशाख १ गते व्यवसायिक उडान गर्ने जहाजबाट परीक्षण भएपछि यो विमानस्थल व्यवसायिक संचालनका लागि खुला महानिर्देशक कर्णले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...