News Portal

  • गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेत दैनिक उडान गर्ने

    भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

    हिमालीसंचार संवाददाता
    १७३ पटक

    काठमाडौं – नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले साताको सात उडान गर्ने गरी प्राधिकरणका निवेदन दिएको छ ।

    आगामी जेठ २ गतेबाट दैनिक उडान गर्ने गरी जजिराले निवेदन दिएसँगै नयाँ विमानस्थलबाट उडान हुने निश्चित भएको हो। जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । यो संगै प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले सिधा उडान गर्न सक्ने अपेक्षा गरेको छ । 

    जसले गर्दा नयाँ विमानस्थलले सजिलै उडानहरु पाउने आशा प्राधिकरणका अधिकारीहरुको छ । नेपाल सरकारले बुद्ध पूर्णिमाको दिन जेठ २ गते पारेर यो विमानस्थलमा नियमित उडान शुरु गर्ने घोषणा यसअघि नै गरेको थियो ।

    आगामी वैशाख १ गते परीक्षण उडानः प्राधिकरणको तयारी अनुसार वैशाख १ गते परीक्षण उडान गर्ने तयारी छ । उपमहानिर्देशक कर्णका अनुसार नेपाल एयरलाइन्सको ठूलो जहाजबाट यो विमानस्थलमा परीक्षण गरिने छ ।

    ‘हाम्रो तयारी अनुसार सम्भवतः वैशाख १ गतेको दिन परीक्षण गर्छौं,’ उनले भने । यसअघि एरो थाइको जहाजबाट यो विमानस्थलमा क्यालिब्रेसन उडान गरिएको थियो । सो परीक्षणपछि रुट, लाइटिङ, सञ्चार उपकरणहरुबारे विस्तृत प्रकाशन सार्वजनिक भइसकेको छ । यससँगै विमानस्थल उडानयोग्य बनेको छ । आगामी वैशाख १ गते व्यवसायिक उडान गर्ने जहाजबाट परीक्षण भएपछि यो विमानस्थल व्यवसायिक संचालनका लागि खुला महानिर्देशक कर्णले हिमालीसंचारडटकमसंग बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट’बारे छलफल

    काठमाडौं, ७ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल...

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...