News Portal

झमक-कृष्णमायाले ५४ औं वैवाहिक गठबन्धनको अबसरमा रंगेलीका वित्पन्न बिधार्थीहरुलाई कपी कलम वितरण

हिमालीसंचार संवाददाता
२२२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगली नगरपालिका ३ रञ्जनीमा विस २०१७ सालदेखि बस्दै आएका झमकबहादुर खड्का र कृष्णमाया खड्काले आफ्नो ५४ औं  वैवाहिक बसन्त पार गरेको अवसरमा स्थानीय बिधालयका बालबालिकाहरुलाई कपी,  कलम बितरण गरेका छन ।

रंगेली नगरपालिका स्थीत वडा नं. ७ मा रहेको निचामारी प्राथमिक बिधालयमा अध्यनरत बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गर्दे दम्पतीले सो बिधालयमा अध्यनरत अति विपन्न परिवारका १ सय ५०  बालबालिकाहरुलाई  कपी, डट्पेन वितरण गरेका हुन् । 

पछिल्लो समय बैबाहिक गाठ तथा जन्म उत्सवमा हुनेखाने समुदायले लाखौं रुपैयाँ खर्च गरेर आफ्नो जन्मोउत्सव मनाउने प्रचलन बढेको हुनाले आफुले बैबाहिक उत्सवमा खर्च गर्ने रकम अति विपन्न परिवारका बालबालिकाहरुलाई केही मात्रामा सहज हुने देखेपछि आफुले आध्ययन गरेका बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई केही सहयोग गरेको हिमालीसंचारडटकमसंग खड्काले बताए । 

बिधालयको प्राङ्गणमा एक आपसमा फुलका माला लगाई दिएर बैबाहिक साधगाठ मनाएका हुन । आगामी दिनमा आफ्नो शरीर स्वास्थ्य रहेमा फेरि पनि बिधालयमा पठनपाठन गर्ने बालबालिकाहरुलाई सहयोग गर्दे जाने खड्काले बताए । बिधालयको प्रध्यानध्यापक कुन्दन साह शिक्षक, शिक्षिका लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...