News Portal

सुनकोशीको फोक्सिङटार निर्माणधीन पुलले गति लियो, ट्रस राखेर आरसिसि ढलान सुरु

हिमालीसंचार संवाददाता
२३६ पटक

खोटाङ – खोटाङ जिल्ला र उदयपुर जिल्लाको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको कामले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको कामले पछिल्लो समय गति लिएको हो । विस २०७५ सालमा बनिसक्नु पर्ने पुलको अहिले ‘आर्क’को ट्रस राखेर आरसिसि ढलान सुरु गरिएको छ ।

गत २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरिएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले हिमालीसंचारडटकमसंग बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुने उनको जोड छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुलको काम पुरा हुन सकेको छैन ।

उक्त ‘आर्क’ पुलको खोटाङ जिल्ला र उदयपुर जिल्लातर्फ दुई दुई कोलम ढलान शुरु भएको साईड इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले पुलको काम नरोकिने निर्माण पक्षले दावी गरेको छ । पुलको ‘आर्क’ ढलान सुरु भएपछि पुल निर्माणको कामले चाँडै पूर्णता पाउनेमा स्थानीय विश्वस्त रहेका छन् 

गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने मोटरेबल पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माणको काम सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाईघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउने भएको हो। 

उक्त पुलको तेश्रोपटक म्याद थप भएको आगामी चैतमा पुनः सकिदैछ । तर, बाँकी समयभित्र पुल निर्माणको काम सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी ठेक्का लागेको हो ।

फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत प्रभाव परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए । ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...