News Portal

विदेशबाट फर्किदा खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ। निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन्।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नु पर्नेछ। प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमासमेत नेपाल प्रवेश पाउने छन्।

यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ। हवाई मार्ग वा, स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड-१९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्नेछ। यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ।

युक्रेनबाट फर्कनेलाई प्राथमिकता !

युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गरिने भएको छ। पीसीआर परीक्षण नभएका वा, सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भएपनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरि सहजिकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो।

उनीहरुको एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णयसमेत भएको हो।

मन्त्रिपरिषद् बैठकले चैत मसान्तभित्र १२ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रामा खोप लगाउने निर्णयसमेत गरेको छ। ५ वर्षदेखि ११ वर्षदेखि उमेर समूहका बालबालिकालाई खोप लगाउन स्थानीय तहमार्फत सूची तयार गर्ने र चैत मसान्तभित्र पहिलो डोज लगाइसक्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...