News Portal

  • रंगेली नगरका मेयर दिलिप अग्रवाल सहित दर्जनौ नेकपा एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा भव्य स्वागत

    नेकपा माओबादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन्

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गरेका छन् ।

    सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमाले प्रवेश गरेका छन् । अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ नेकपा एमालेले जनाएको छ । नेकपा एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

    नेकपा माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो । तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो । रंगेली नगरपालिकाबाट ३१ सय नेता तथा कार्यकर्ताहरु विभिन्न पाटी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

    मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ । नेकपा एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन समेत दिइसकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...