News Portal

रंगेली नगरका मेयर दिलिप अग्रवाल सहित दर्जनौ नेकपा एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा भव्य स्वागत

नेकपा माओबादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन्

हिमालीसंचार संवाददाता
२४८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमाले प्रवेश गरेका छन् । अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ नेकपा एमालेले जनाएको छ । नेकपा एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

नेकपा माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो । तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो । रंगेली नगरपालिकाबाट ३१ सय नेता तथा कार्यकर्ताहरु विभिन्न पाटी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ । नेकपा एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन समेत दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...