
रबिन्द्र बराल/मोरङ – मोरोङ जिल्लाका स्थानीय तहका निर्वाचन गतिविधि सुरु भएसंगै निर्वाचनमा महिलाहरुले समेत सहभागीता तथा आरक्षणको व्यवस्था गर्नुपर्ने र महिलाहरुले समेत सबै पाटीबाट उमेदवारका लागि टिकटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन ।
महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिमका सहभागीहरुले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओबादीका नगर सभापतिहरुलाई ज्ञापनपत्र बुझाएका हुन । अब हुने निर्वाचनमा महिलाको अधिकार सुनिश्चित गरि नगर पालिकाबाट पाटीको प्रतिनिधित्व गरि चुनावमा महिलाहरुले पनि भाग लिन पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन ।
एनजिओ फेडेरेसन नेपालले रंगेली ७ स्थित मेलिना गेष्ट हाउस चार दिने तालिमको आयोजना समेत गरिएको थियो। उक्त तालिममा निर्वाचित महिला सदस्यहरु तथा स्थानीय महिलाहरुका क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी गराएका थिए ।
निर्वाचनमा महिलाहरुको सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सम्पन्न गरिएको हो । नेपालमा संघीयताको कार्यान्वयनसंगै स्थानीयतहमा महिला र दलित महिलाले आगामी स्थानीय निर्वाचनमा महिलाहरुको निर्णायक पदमा प्रतिनिधित्व सुनिश्चित गरियोस् । २५ वर्षे कार्यकालको अनुभवबाट प्राप्त सिकाई कार्यान्वयन गर्नका लागि वडा सदस्यमा निर्वाचित गरियोस्।
महिला सदस्यहरु सकेसम्म माथिल्ला पद वडाअध्यक्ष पालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारी वा सोही पदमा पुन उम्मेदवारी सुनिश्चित गरियोस् र निर्वाचित हुने महिलाहरूको राजनीतिक सहभागीता बढाउन विशेष गरी नेतृत्वमा स्थापित दलबाट विशेष पहल गरियो। क्षमता विकासका मूलप्रवाहीकरण कार्यक्रम ल्याइयोस । महिलाजनप्रतिनिधि माथि हुने हिंसा विभेद अविलम्व बन्द गरियो । आगामी निर्वाचनमा सहभागी हुँदा महिला उमेदवारमाथि कुनै पनि किसिमको जातीय भेदभाव नहुने कुरा सुनिश्चित गरियोस ।
त्यस्तै, निर्वाचित महिलाको आर्थिक विकासको लागि स्थानीय तहबाट विशेष कार्यक्रम ल्याइयोस् । तीन सहकार्यमा निवाचित महिला जनप्रतिनिधिको क्षमता विकासको लागि विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गरियोस् । महिला मैत्री नीतिनियमको निर्माण तथा परिमार्जन गरी अविलम्ब कार्यान्वयन गरियोस । स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट विनियोजन गरी महिला लक्षित कार्यक्रम लागू गरियोस् । विधानसुनिश्चित गरेको महिलाहरुको हक अधिकार अविलम्ब कार्यान्वयन गरियोस् ।
आयोजित कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा रंगेली नगरपालिकामा सम्पन्न गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले बताए। तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको सहभागीहरुले बताए।
आयोजित तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिव उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल, तेजीलाल लामाले सहजिकरण गरेका थिए ।