News Portal

घरेलु कामदारको श्रम स्वीकृति पुनः खुल्यो

हिमालीसंचार संवाददाता
४७२ पटक

काठमाडौं। पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ।

वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो।

घरेलु कामदारको रोकिएको श्रम स्वीकृतिका कारण आफ्नो परिवारको भेटघाटबाट समेत वञ्चित बनेकाहरूको गुनासोलाई मध्यनजर गर्दै ९ फागुन २०७८ मा मन्त्रीस्तरीय निर्णयले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो।

सरकारले घरेलु कामदारमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै पछिल्लो १४ दिनमा श्रम स्वीकृति लिनेको संख्या १ सय १४ पुगेको श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले नेपालसमाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार यस १४ दिनको समयमा पुरुष ४१ र महिला ७३ ले श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका छन्। नयाँ भिसाको श्रम खुल्ला नभएपनि पहिलेदेखि विदेश बस्दै आएको र पासपोर्ट भिसा लगाएको व्यक्तिलाई पनि श्रम कार्यालयबाट श्रम दिने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पाँच वर्ष पहिले घरेलु कामदार गएको होस् या अन्य भिसामा गएर घरेलु कामदारमा भिसा लगाएको होस्, सबैको हकमा पुनःश्रम स्वीकृति खुलेको छ।’ त्यसका लागि नेपाल आउँदा सम्बन्धित देशको दूतावास गएर अनुसूची फाराम भने लिएर आएमा मात्र श्रम दिने व्यवस्था भएको पनि उहाँले जानकारी दिनुभयो।

घरेलु कामदारको श्रम स्वीकृति रोकिएका कारण भारतलगायतका देशबाट घरेलु कामदार विभिन्न देश पुग्ने गरेका थिए। श्रम स्वीकृति खुलेका कारण नेपालीले अब नेपालकै विमानस्थल प्रयोग गरेर विदेश जान पाउने भएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...