News Portal

  • घरेलु कामदारको श्रम स्वीकृति पुनः खुल्यो

    हिमालीसंचार संवाददाता
    ४०५ पटक

    काठमाडौं। पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ।

    वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो।

    घरेलु कामदारको रोकिएको श्रम स्वीकृतिका कारण आफ्नो परिवारको भेटघाटबाट समेत वञ्चित बनेकाहरूको गुनासोलाई मध्यनजर गर्दै ९ फागुन २०७८ मा मन्त्रीस्तरीय निर्णयले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो।

    सरकारले घरेलु कामदारमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै पछिल्लो १४ दिनमा श्रम स्वीकृति लिनेको संख्या १ सय १४ पुगेको श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले नेपालसमाचारपत्रलाई जानकारी दिनुभयो।

    उहाँका अनुसार यस १४ दिनको समयमा पुरुष ४१ र महिला ७३ ले श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका छन्। नयाँ भिसाको श्रम खुल्ला नभएपनि पहिलेदेखि विदेश बस्दै आएको र पासपोर्ट भिसा लगाएको व्यक्तिलाई पनि श्रम कार्यालयबाट श्रम दिने गरेको बताउनुभयो।

    उहाँले भन्नुभयो– ‘पाँच वर्ष पहिले घरेलु कामदार गएको होस् या अन्य भिसामा गएर घरेलु कामदारमा भिसा लगाएको होस्, सबैको हकमा पुनःश्रम स्वीकृति खुलेको छ।’ त्यसका लागि नेपाल आउँदा सम्बन्धित देशको दूतावास गएर अनुसूची फाराम भने लिएर आएमा मात्र श्रम दिने व्यवस्था भएको पनि उहाँले जानकारी दिनुभयो।

    घरेलु कामदारको श्रम स्वीकृति रोकिएका कारण भारतलगायतका देशबाट घरेलु कामदार विभिन्न देश पुग्ने गरेका थिए। श्रम स्वीकृति खुलेका कारण नेपालीले अब नेपालकै विमानस्थल प्रयोग गरेर विदेश जान पाउने भएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...