आज : २०२६-०६-१९, शुक्रबार

राजनीतिक प्रतिसोध साँध्न नाम वेचियो, अरुको फोटो राखी समाचार लेखियो – अध्यक्ष बस्नेत

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका सचीव हरिचन्द्र बस्नेतले पत्रकारहरुलाई भ्रामक समाचार नलेख्न आग्रह गरेका छन्। अरु कसैको तस्विर राखी आफनो नाम जोडेर बन्दुक बोकेर गाउँगाउँमा गाउँपालिका अध्यक्ष भन्दै विभिन्न सञ्चार माध्ययममा आएको समाचार भ्रामक भएको उनको भनाइ छ।

उनले बन्दुक बोक्ने आफु नभई राजनीतिक तथा व्यक्तिगत प्रतिसोध साँध्न आफ्नो नाम बेचेको बताए। बन्दुक बोक्ने आफू नभएको र राजनीतिक एवं व्यक्तिगत प्रतिसोध साँध्न आफ्नो नाम जोडेर समाचार लेखिएको प्रति आफ्नो ध्यानआकर्षण भएको अध्यक्ष बस्नेतले बताए।

अध्यक्ष बस्नेतले भने- ‘मलाई मोटरसाईकल चलाउन आउँदैन, फोटोमा मोटरसाईकल चढेर हिडेको देखिन्छ, म होइन्, मलाई व्यक्तिगत रिस र राजनीतिक प्रतिसोध साँध्न मलाई भाईरल बनाईयो’ उनले थपे, ‘म सँग लाईसेन्सवाला बन्दुक छ, म होइन् यसरी मेरो नाम लिनु राम्रो होइन्।’

सोमबार विहानैबाट सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले बन्दुक बोकेर हिड्यो भन्दै विभिन्न टिक्का टिप्पणी भईरहेको छ।