
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-४ स्थित दोहमना घर भएकी ८ बर्षीय नेहा ऋिषिदेवलाई सात दिनको अथक प्रयास पछि प्रहरीले सकुशल फेला पार्ने सफल भएको छ।
दोहमानाको कटलडाँगी स्थित मामा घरमा बस्दै आएकी फेको रिषिदेवको छोरी ८ वर्षीय नेहा सात दिनदेखि हराई बेपत्ता भई हालसम्ममा नआएकी र आफन्त, छरछिमेकी नाता गोता समेतमा खोज तलास फेला नपरे पछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले बालिकालाई आईतबार कानेपोखरी गाउँपालिका-३, दलेली बस्ने लिला रिषिदेवको घरमा फेला पारी निजलाई उद्दार गरी ईलाका प्रहरी कार्यलय रंगेलीमा ल्याएको थियो। बालिकाको लुगा समेत च्यात्तिएको र पुरानो भएको कारणले प्रहरी निरिक्षक अनमोल खड्काले बालिकालाई नयाँ कपडा लगाएर उनको मामा सोमा ऋषीदेवलाई जिम्मा लगाएको खड्काले बताए ।