News Portal

  • ताप्लेजुङ अस्पतालको उपचार कक्षभित्र भालु पस्यो

    हिमालीसंचार संवाददाता
    २१७ पटक

    सिमोन भट्टराई/ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए ।

    सुरुमा कुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन्। अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरुको अनुमान छ। ढोका थुनेपछिभालुले बाहिर निस्कने प्रयास गरिरहेको छ। भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ।

    डिभिजनल वन कार्यालयका प्रमुख विरेन्द्र शाहका अनुसार भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको छ। ‘उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको छ,’ शाहले भने, ‘रातको समयमा ढोका खोलिदिए आफ्नो बासस्थानमा आफैं पनि जानसक्छ। यदि नगएको खण्डमा चितवन वा काठमाडौंबाट प्राविधिक टोली झिकाउनु पर्ने हुनसक्छ।’ प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकाल्न सक्ने उनले जानकारी दिए।

    चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु झरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको अनुमान छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...