News Portal

ताप्लेजुङ अस्पतालको उपचार कक्षभित्र भालु पस्यो

हिमालीसंचार संवाददाता
२६२ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए ।

सुरुमा कुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको अस्पतालका कर्मचारीले जानकारी दिएका छन्। अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरुको अनुमान छ। ढोका थुनेपछिभालुले बाहिर निस्कने प्रयास गरिरहेको छ। भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ।

डिभिजनल वन कार्यालयका प्रमुख विरेन्द्र शाहका अनुसार भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको छ। ‘उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको छ,’ शाहले भने, ‘रातको समयमा ढोका खोलिदिए आफ्नो बासस्थानमा आफैं पनि जानसक्छ। यदि नगएको खण्डमा चितवन वा काठमाडौंबाट प्राविधिक टोली झिकाउनु पर्ने हुनसक्छ।’ प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकाल्न सक्ने उनले जानकारी दिए।

चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु झरेको हुन सक्ने वन कार्यालयका कर्मचारीको अनुमान छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...