News Portal

मोरङको सुनवर्सीमा पहिलोपटक विज्ञान प्रदर्शनी

हिमालीसंचार संवाददाता
२१७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा नगर  स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ ।

सुनवर्सी नगरपालिका ४ स्थित श्री महाकालेश्वर मंन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। अन्तर बिधालय प्रतियोगितात्मकमा निजि तथा सामुदायिक गरि ७ वटा बिधालयहरुको सहभागीता रहेको थियो । प्रदर्शनीमा बिधार्थीहरुले तरकारी खेती, पार्क, मिसाईल बम, आलु , काक्राबाट बिधुत उत्पादन लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका  थिए ।   

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख काली प्रसाद दास, वडाअध्यक्ष, वडासदस्य, सनराईज बोर्डिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम, द्वतिय र तृतिय हुनेहरुलाई सिल्ड, मेडल तथा प्रमाणपत्र समेत  बितरण गरेका थिए ।

शिक्षा युवा खेलकुद शाखा सुनवर्सी नगरपालिका, संयुक्त आयोजक काली माध्यमिक बिधालय, सनराईज सेकेण्डरी बोर्डिङ स्कुल बम काली केवरत समाजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम अबलोकनका लागि नगर भित्रका सर्वसाधारणहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...