News Portal

  • हङकङमा कोरोना कहरको पाचौ लहरः ५५ हजार संक्रमित, ११७ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    युवा राई /हङकङ – कोरोना भाईरसको नया भेरियन्टसगै हङकङमा नराम्रो संग कोभिड-१९ उच्च गतिमा फैलिएको छ। आज ५५,३५३ नयाँ पुष्टि, २४ घण्टाभित्र ११७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८ वर्षदेखि १०० वर्ष उमेरबीचका ७३ पुरुष र ४४ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धासहित केही मृगौला तथा क्यान्सर रोगले पीडित दीर्घ रोगीहरु रहेका छन्। पाँचौं लहरमा मृत्यु हुनेको संख्या ९६७ पुगेको छ। कोरोनाका कारण हङकङमा मृत्यु हुनेको कुल संख्या ११७२ पुगेको छ।

    सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ५५,३५३ संक्रमितमध्ये २७ आयातित संक्रमित रहेका छन्। कोरोना संक्रमितमध्ये ६ डेल्टा र १८७६ जना ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी संक्रमित परीक्षणको क्रममै रहेका छन्।

    अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६४०० कोरोना संक्रमितका उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ७६० विरामी रहेका छन्।

    कोरानाका कारण ६४ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ५९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट धर फर्किएका अस्पतालले जनाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...