News Portal

हङकङमा कोरोना कहरको पाचौ लहरः ५५ हजार संक्रमित, ११७ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
१८० पटक

युवा राई /हङकङ – कोरोना भाईरसको नया भेरियन्टसगै हङकङमा नराम्रो संग कोभिड-१९ उच्च गतिमा फैलिएको छ। आज ५५,३५३ नयाँ पुष्टि, २४ घण्टाभित्र ११७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८ वर्षदेखि १०० वर्ष उमेरबीचका ७३ पुरुष र ४४ महिला रहेका छन्। मृत्यु हुनेमा बृद्धबृद्धासहित केही मृगौला तथा क्यान्सर रोगले पीडित दीर्घ रोगीहरु रहेका छन्। पाँचौं लहरमा मृत्यु हुनेको संख्या ९६७ पुगेको छ। कोरोनाका कारण हङकङमा मृत्यु हुनेको कुल संख्या ११७२ पुगेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ५५,३५३ संक्रमितमध्ये २७ आयातित संक्रमित रहेका छन्। कोरोना संक्रमितमध्ये ६ डेल्टा र १८७६ जना ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी संक्रमित परीक्षणको क्रममै रहेका छन्।

अस्पताल प्राधिकरणले हङकङका विभिन्न अस्पतालहरूमा कोभिडका ६४०० कोरोना संक्रमितका उपचार भइरहेको जनाएको छ। पेनी बे आइसोलेसन सेन्टरमा ७६० विरामी रहेका छन्।

कोरानाका कारण ६४ जना विरामीको अवस्था चिन्ताजनक र ८८ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ५९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट धर फर्किएका अस्पतालले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...