News Portal

युवती हत्याको कसुरमा पक्राउ परेका कार्कीलाई ३६ वर्ष कैद सजाय

हिमालीसंचार संवाददाता
३४४ पटक

ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए।

पीडकबाट पीडित पक्षलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको शेर्पाले बताए। शेर्पाका अनुसार जन्मकैदको फैसलाअनुसार २५ वर्ष कैद हुन्छ। जबरजस्ती करणीको ११ वर्षसमेत जोड्दा ३६ वर्ष सजायको फैसला सुनाइएको हो।

फुङलिङ-१० फुरुम्बु घर भएका ट्याक्टर चालक कार्कीले भानुजन माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत पुष्पा तवेवुङलाई बलात्कारपछि हत्या गरेको ठहर अदालतले गरेको छ।

उनले गत असोज १५ गते राति फुङलिङ नगरपालिका-५ सेते चौतारा छेउमा लगी भिरबाट धकेली हत्या गरेको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो। नौ महिनादेखि प्रेममा रहेका कार्कीले सँगै मरौं भनेर ललाइफकाइ गरेर विष सेवन गराएर पहाडबाट धकेलिदिएको दाबी प्रहरीको थियो।

पुष्पा मृत अवस्थामा भेटिएपछि परिवारले कार्कीमाथि शंका गरी प्रहरीमा किटानी जाहेरी दिएका थिए। पुष्पाको हत्या भएको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो भने, अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...