News Portal

नेपाल मगर संघ झापाको सांस्कृतिक कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
४२४ पटक

झापा। नेपाल म कार्यक्रममा २०७८ भब्यका साथ सम्पन्न गरेका छन। कार्यक्रममा मगर जातिका मौलिक, सांस्कृतिक, पहिचान सहितका नृत्यहरुलाई स्थानीय कलाकार हरुले बेजोड प्रस्तुत गरेका थिए, जसमा हराउदै गरेका नृत्यहरु हुर्रा, कौडा, मारुनी र मौलिक नेपाली नृत्यहरु समावेस गरिएका थिए।

कार्यक्रमको प्रमुख आथित्यमा प्रतिनिधिसभा सदस्य माननीय लाल बहादुर सावा लिम्बुले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो भने, कार्यक्रममा अथितिका रुपमा समाजका बरिस्ठ ब्यक्तीत्वहरुको उपस्थितिका साथै शिव सतासि नगरपालिकाका शाखा अधिकृतलगायत झापा जिल्ला भित्र रहेका विभिन्न नगरपालिकाका तथा गाउँपालिकाका प्रतिनिधिहरु, मगर सांस्कृतिक संघका एकाई कमिटिका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थिए।

कार्यक्रमको सभापतित्व नेपाल मगर सांस्कृतिक संघ झापा जिल्ला समितिका अध्यक्ष लिला माया थापा मगरले गरेका थियो भने, कार्यक्रमको संचालन शिवन मगरले गरेका थिए, सास्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्न भएका गरिको थियो।

पहिलो चरणमा कार्यक्रम उद्धघाटन रास्ट्रगान, सहिदको सम्झना साथै पुर्व केन्द्रिय अध्यक्षको निधनमा श्रद्धाञ्जली सभाबाट शुरु भएको र दोस्रो चरणको कार्यक्रम कला संस्कृतीलाई जोगाउने उद्धेश्यसहित विभिन्न मौलिक नृत्यहरु प्रतियोगितात्मक तरिकाबाट भएको थियो। जसमा प्रथम, दितृय र तृतिय हुने कलाकारहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको जानकारी कार्यक्रममा सभापति लिला माया थापा मगरले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि सावाले हाम्रो देश बिभिदतामा एकता भएको देश यहाँ सम्पुर्ण जातजातिको भाषा संस्कृतिक, कला पहिचानको सङरक्षण राज्यको प्रमुख दायित्व हुन्छ, देश भित्रको कला सस्कृतिक जोगाउन सके बिश्व मानचित्रमा देशको शिर सधै उच्च रहने बताएका थिए भने, आदिवासी जनजातिका झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठ, उपाध्यक्ष पाण्डव लाल चौधरी, झापा जिल्ला महिला महासंघ अध्यक्ष लिना मगर, नेपाल मगर संघ झापा जिल्ला अध्यक्ष जगत राना मगर, यसोधरा बौद्ध बिहारका दल बहादुर सिजाली लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न भैतिक नौतिक आर्थिक सहयोग गरेर साथ सहयोग गर्ने सम्पुर्णलाई र कार्यक्रममा उपस्थिति हुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद तथा अभार प्रकट गर्दै सभापति लिला माया थापा मगरले कार्यक्रमको समापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...