
रबिन्द्र बराल/मोरङ – इलाका प्रहरी कार्यालय रंगेलीले फाल्गुन १२ गते धनपालथान गाउँपालिका-४ स्थिच बेवारिसे अवस्थामा फेला पारेका एक बालकलाई आज आफन्तको जिम्मा लगाएको छ ।
सर्लाही बरहथवा नगरपालिका-१४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई फेला पारी प्रहरीले बालक अभिभावकको जिम्मा लगाएका हुन । सुस्त मनस्थिति भएका २२ बर्षीय दिलिप रामलाई रंगेली प्रहरीले फेला पारेर संरक्षणमा राखेका थिए ।
प्रहरीले सोही दिन आफ्नो फेसबुक मार्फत बालक फेला परेको सूचना सार्वजनिक गरेका थिए । प्रररीले सामाजिक संजाल फेसबुकमार्फत आफुले छोलालाई फेला पारेको बुबा बिरेन्द्र रामले बताए । प्रहरीले मानवता देखाउदै दिलिपको शरिरमा एक सरो लुगा समेत नभएको देखेर इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरीले दिलिपलाई राम्रो लुगा र खुट्टामा चप्पल लगाएर उनको बुबा आमालाई जिम्मा लगाएका हुन ।