News Portal

पल शाह होइन, अब समीक्षा–दुर्गेशहरू जेल जाने पक्का

हिमालीसंचार संवाददाता
६४५ पटक

काठमाडौं। गायिका समीक्षा अधिकारीले नायक पल शाहलाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अधिकारीले बुधबार शाहविरुद्ध तनहुँ प्रहरीमा बलत्कारको उजुरी दिएकी थिइन्। शाहले आफू विरुद्ध भएको षड्यन्त्रको अडियो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। प्रमाणका रुपमा राखिएका अडियोहरू शाहको फेसबुक पेजमा गएर सुन्न सकिन्छ।

शाहले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाइँका अडियो नै फेसबुकमा प्रमाणका रुपमा राखेका छन्।

‘नमस्कार म पल शाह। म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु’, शाहले भनेका छन्।
‘सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरू सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु’, शाहले भनेका छन्।
‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’, उनले भनेका छन्।
‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठीक र के बेठीक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोल’, शाहले भनेका छन्।
‘यदि म दोषी भए नेपालको कानून बमोजिम सजाय भोग्न तयार छु’, उनले भने, ‘जुन व्यक्तिहरूले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ती व्यक्तिहरूको नाम यस प्रकार रहेको छ।’

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

पल शाहविरुद्ध यसरी भएको थियो फसाउने योजना अडियो सुन्न तल क्लिक गर्नुहोला।

Voice-plan-1 Download

Voice-plan-2 Download

Voice-plan-3 Download

Voice-plan-4 Download

Voice-plan-5 Download

Beer-plan Download

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...