News Portal

कलाकार जयनन्द लामाको निधन

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौँ। वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ खार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्नेबेला लडेका थिए। लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो। दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए।

उनले गाएका र सङ्गीत भरेका थुप्रै गीतहरू नेपाली संगीत बजारमा चर्चित छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जालगायत चलचित्रहरूमा पनि अभिनय गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन्। उनले नेपाली लोक दोहोरीको रियालिटी सो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...