News Portal

ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण शुरु हुने

हिमालीसंचार संवाददाता
३५७ पटक

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी गराएको हो।

कम्पनीका अनुसार कुल लागतको ३ प्रतिशत अर्थात १० करोड रुपैयाँ बरावरको स्थानियलाई शेयर दिने भएको छ। कम्पनीका परामर्शदाता तथा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले पाथीभरामा केबलकार बनेसँगै जिल्लाको पर्यटन क्षेत्रमा पुग्ने योगदानको विषयमा जानकारी गराउनुभयो।

अबको ३ वर्षभित्रमा निर्माण सम्पन्न गरेर संञ्चालनमा ल्याउने सकेमा ७ लाख पर्यटक ल्याउन सकिने प्रक्षेपण समेत गरेका छन्। केवलकारबार बनेमा रोजगार तथा स्वरोजगारको सृजना तथा सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्वाधार निर्माणको काममा समन्वय हुने कम्पनीले जनाएको छ।

प्रमूख कार्यकारी अधिकृत स्वदेश गुरुङका अनुसार बातावरणीय प्रभाव मूल्याङकनदेखि डीपीआर तयार गर्दासम्म धेरै कुरा अध्यन गर्न सम्भव बनेकाले निर्माणमा समस्या नहुने अपेक्षा छ। यद्यपी जिल्लाबासीको सहयोग हुनुपर्नेमा प्रमूख कार्यकारी अधिकृत गुरुङले जोड दिनुभयो।

जिल्ला समन्वय समिति प्रमूख घनेन्द्र मादेनले धरानबाट ताप्लेजुङ एकै दिनमा आवतजावत सम्भव भएकाले केवलकार बनेपछि कसरी यहाँ अड्याउने भन्नेमा चिन्ता व्यक्त गर्नुभयो। मादेनले भने,“हामी केबलकारको विरोधमा छैनौ। तथापी केबलकार कम्पनी र स्थानियलाई पनि कसरी फाइदा हुन्छ।

यतातर्फ पनि सोच्नुपर्छ। संविधान सभा सदस्य पासाङ शेर्पा,प्रदेश सांसदद्धय बल बहादुर साम्सोहाङ र होमकुमारी सावाले जिल्लाको पर्यटन विकासमा केबलकार कासेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो।

केबलकार निर्माण भएसँगै जिल्लाको चौतर्फी व्यवसायमा सम्भावनाको ढोका खुल्ने भएकाले सबैको सहयोग हुनुपर्ने खाँचो औल्याएका छन्। स्थानिय सरकारको राजश्व तथा करमा वृद्धि हुने र आयआर्जनका विभिन्न पेशा फस्टाउने सहभागीले आशा गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...