News Portal

बैतडीमा महिलालाई गोठमा लगेर रातभर बलात्कार

हिमालीसंचार संवाददाता
७१५ पटक

गोकुल जोशी। बैतडीको मेलौली नगरपालिकामा सुस्त मनस्थितिकी महिला बलात्कृत भएकी छन। मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘बन्धक’ बनाएर बलात्कार गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी छन्।

मुद्दा दर्ता गरी घटना अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘बुधबार मुद्दा दर्ता भएको छ। आरोपितलाई पक्राउ गर्न पुर्जी पनि जारी भएको छ’, उनले नेपालखबरसँग भने, ‘आरोपित फरार छन्। खोजी भइरहेको छ।’

घटना गत माघ २४ गते राति मेलौली नगरपालिका–१ द्वारसैनीमा भएको हो। मेलौली नगरपालिकामा माघ १७ गतेदेखि २५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम थियो। माघ २४ गतेका दिन बलात्कृत महिलाको गाउँको भत्ता लिने पालो थियो। पीडित महिलाका मेलौली नगरपालिका–१ स्थित जर्कु र डौडी गाउँमा गरेर दुई घर छन्।

उनी पतिसँग जर्कुमा बस्छिन् भने डौडीमा उनका सासू बस्छिन्। बलात्कृत महिलाका एक छोरा र बोल्न तथा हिँडडुल गर्न नसक्ने अवस्थाकी छोरी छन्। छोरीको बाल पोषण भत्ता लिन उनी माघ २४ गते दिउँसो २ बजे घरबाट नगरपालिका केन्द्र पुगिन्। त्यहीँको एनसीसी बैंकबाट बाल पोषण भत्ताबापत ३ हजार २ सय रुपैयाँ लिएर उनी डौडीस्थित घर पुगिन्।

नगरपालिका केन्द्रबाट डौडी ३ किलोमिटर पर पर्छ। त्यहाँ महिलाले सासूलाई भेटिन् र श्रीमान् बस्ने ठाउँ जर्कु जाने भन्दै बेलुकै निस्किइन्। तर त्यस राति उनी डौडीबाट करिब ८ किलोमिटरको दूरीमा पर्ने जर्कु पुगिनन्। आफन्तका अनुसार डौडीबाट जर्कुको बीचमै पर्ने द्वारसैनी भन्ने ठाउँमा महिलालाई रातभर बलात्कार गरियो।

‘एक्लै हिँडिरहेको मौकामा मुख छोपेर घचेट्दै बाँझो गोठमा पुर्याएर रातभर करणी भएको रहेछ। बन्धक जस्तै बनाएर निर्वस्त्र पारेर रातभर दुष्कर्म भएको छ’, बलात्कृत महिलाका आफन्तले भने, ‘आरोपितले रक्सी पनि खाएका थिए भनेर पीडितले भनेकी छन्।’

पीडकले महिलालाई घटनाबारे कसैलाई बताए मार्ने धम्की दिएको आफन्तको दाबी छ। गोठमा रातभर करणी गरेपछि बिहान ३ बजे छाडेको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको पीडित महिलाले परिवारसँग भनेकी छन्।

आफन्तका अनुसार प्रतिकार गर्दा पीडकले महिलालाई कुटपिटसमेत गरेका थिए। महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा ससाना घाउ छन्। सासू बस्ने ठाउँ डौडीबाट श्रीमान् बस्ने ठाउँ जर्कु जाने क्रममा बलात्कारमा परेकी उनी भोलिपल्ट आत्तिँदै घर पुगेकी थिइन्। तर पीडकले हत्या गर्ने धम्की दिएकाले उनले घरमा केही बताइनन्।

त्यसपछि माघ २४ गते राति महिला कहाँ गएकी थिइन् भनेर आफन्तले सोधीखोजी गर्न थाले। बलात्कृत महिलाका श्रीमान् यसबारे पत्ता लगाइदिन आग्रह गर्दै फागुन १ गते वडाध्यक्ष सुरतसिंह नेगीसमक्ष पुग्छन्। वडाध्यक्ष नेगी बलात्कृत महिलाका छिमेकी पनि हुन्।

‘महिलाका श्रीमानले २४ गते राति श्रीमती गायब भएकाले कहाँ गएकी रहेछ भनेर पत्ता लगाइदिन आग्रह गरेका थिए’, वडाध्यक्ष नेगीले नेपालखबरसँग भने, ‘म आफैं बसेर महिलालाई सोधपुछ गर्दा महिलाले घटनाको रहस्य खोलेकी थिइन्। यो गम्भीर विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रहरीकहाँ पठाएको थिएँ।’ सोधपुछ गर्दा आरोपित आफूले कुनै गल्ती नगरेको दाबी गरेको वडाध्यक्ष सिंहले बताए।

प्रतिकृया दिनुहोस्

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...