News Portal

धादिङमा अपरेटरको लास अझै उठेन, उचित क्षतिपूर्ति नपाए आन्दोलन गर्ने तयारी

हिमालीसंचार संवाददाता
९५७ पटक

धादिङ – गंगाजमुना  गाउपालिका-५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा  मंगलबार ३ गते अपरान्ह १ बजे मृत्यु भएको थियोे। अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म र बाच्ने आधारको ग्यारेन्टी नभएसम्म शव नउठाउने बताएका छ्न।

मृतकको श्रीमती ललिता धामीले श्रीमानले काम गरेको पारिश्रमिक समेत दुई महिनाको बाँकी रहेको बताए। काम गर्ने अपरेटरको पारिश्रमिक जहिले पनि दुई /तीन महिना बाकी राख्ने कुरा मृतकको श्रीमती ललिता धामीले बताए।

धादिङ कन्ट्रक्सनद्वारा संचालित बा २ ख ७६८९ नम्बरको एक्सावेटर अपरेटर रोशन कुमारको पारिश्रमिक लामो समय रोकेर जवरजस्ती खतरापूर्ण र जोखिम ठाउमा बिनासुरक्षा काममा लगाएको कारण आफ्नो श्रीमानको मृत्यु भएको र आफूहरु लामो समयदेखि चितवनमा भाडामा बस्दै आएको अबस्था नाजुक भएको नाबालक छोरा पढाउन पर्ने।

धेरै ऋण रहेको र अब कमाएर दिने कोहि नभएको बताउदै उचित क्षतिपूर्ति राहत र बाच्ने आधारको ग्यारेन्टी लागि २५ लाख क्षतिपूर्ति दिन गंगाजमुना गाउपालिका अध्यक्ष  बल बहादुर अधिकारी गंगाजमुना गाउपालिका ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारी र मालिक बुढाथोकी सामु मृतकको श्रीमती ललिता धामीले राहत मागेकी थिईन।

दुवै पक्ष बिच लामो छलफल पछि पनि कुनै निष्कर्ष ननिस्किएपछि देश बिकासको लागि भौतिक बिकास निर्माणमा खटिएको अवस्थामा ज्यान गुमाउन परेको कारण सरकारबाट दिने पाच लाख बिमा रकम र आफुले काम गरेको पारिश्रमिक बाहेक कम्तिमा ९ लाख रुपैयाँ गाउपालिका, वडा र मेसिन मालिकले जुटाउन सकिने र जुटाई दिन पर्ने माग अपरेटरकोर हितमा कृयाशिल संगठन अपरेटर भिजन कर्पोशनका अध्यक्ष हिमाल बिस्वकर्माले राख्नु भएको थियो।

मृतक परियारलाई समेत विश्वकर्माले यसैमा सहमति गरेर समस्या समाधान गर्न मनाएका थिए। तर ठेकेदार पक्षबाट सरकारबाट दिने पाच लाख बिमा रकममा एक लाख मात्रै थपिदिने र अहिले ५० हजार मात्रै दिने बताए।

बन्दको दिन सर्लाही देखि आएको भाडा र खान बस्नको मात्रै २ लाख पुगिसकेको अवस्थामा यस्तो असान्दर्भिक कुरा गर्ने बारम्बार फोन गर्दा पनि गाउँ पालिका अध्यक्ष र वडा अध्यक्षले पीडितलाई भेट्न नचाएको भन्दै असन्तुष्ट बनेको पीडित पक्ष छिटोभन्दा छिटो छलफल र सहमती जुट्न नसके लास त्यही छोडेर आन्दोलन गर्ने बताएका छ्न।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...