आज : २०२६-०६-१९, शुक्रबार

स्थानीय चुनावको लागि आजबाट दल दर्ता

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो।

आयोगले जारी गरेको सूचनाअनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ। दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ।

दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिन्हको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ।