News Portal

बिदेशमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा ९ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कित सिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो।

स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो।

स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट २ हजार ३०५, पोर्चुगलबाट ३ हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो।

सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्नुहुँदै २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे। उनले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा सङ्कलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिए।

स्याङ्जा जिल्ला स्थायी ठेगाना भई वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मीन क्षेत्रीले बताए।

समाजले विदेशी भूमिमा समस्यामा रहेका नेपालीको सहयोगमा काम गर्दै आएको छ। परिवारलाई सुखी राख्ने उद्देश्यसहित विदेशी भूमिमा काम गरिरहेका भाइ अङ्कितको निधनले मर्माहत भएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले बताए।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्ने कर्तव्य ठानेर आर्थिक सङ्कलनलाई तीव्रता दिएसँगै उक्त रकम जुटाउन सकिएको अध्यक्ष अर्याल बताउनुहुन्छ।

स्याङ्जाको भिरकोट नगरपालिका–५ सिम्ले घर भएका अङ्कित रोजगारीको सिलसिलामा केही महिनादेखि पोर्चुगलमा हुनुहुन्थ्यो। उहाँको गएको माघ १६ गते २८ वर्षको उमेरमा अकस्मात ढलेर निधन भएको थियो। – रासस

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...