News Portal

उपसचिवमा ३९ जनाको नाम सिफारिस (सूचीसहित)

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ जनरल ८ र इन्जिनियरिङ हाइवेतर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो।

लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवामा परेका छन्।

तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि बढुवा सिफारिसमा परेका छन्। इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन्।

इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन्। जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...