News Portal

  • म बोलिन, उचित ठानिन, त्यसैले मेरो निर्णय संसदले गर्ने जिम्मा दिएः दिपक राज गिरी

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको समयमा आफुलाई धेरै महानुभावहरुले यस विषयमा बोल्न आग्रह गरिरहेको जानकारी दिएका गिरीले आज म लेख्दैछु… आजको कान्तिपुर दैनिकमा प्रकासित समाचारको क्याप्सन राख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका संसदहरुले उचित निर्णय लिनु पर्ने धारणा उनले सार्वजनिक गरेका हुन्।

    यस विषयमा कलाकारहरुले भने आफ्नो धारणा खासै सार्वजनिक गरेको पाइँदैन । यसैबीच, कलाकार दीपकराज गिरीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राख्दै काठमाडौ क्षेत्र नं.९ का संसदलाई यस विषयमा आफ्नो निर्णय जिम्मा दिएको बताएका छन्। 

    फेसबुकमा उनी लेख्छन् ‘चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब । आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

    गिरीले थप भनेका छन्; ‘हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।’

    गिरीले एमसीसीको निर्णय सदनबाट नै गर्नुपर्ने बताएका छन् । ‘सडकले निर्णय गर्ने भए अरबौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरु छनोट गर्नुको के मतलब ?’ उनले लेखेका छन् । देश डुब्दा जनताका प्रतिनिधि उत्रिने पक्कै छैनन् भन्दै यसको निर्णय गर्ने अधिकार संसदलाई नै रहेको जिकिर गर्दै मेरो निर्णय काठमाडौं क्षेत्र नं.९ संसदले गर्ने गरेर जिम्मा दिए जय नेपाल लेखेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...