News Portal

  • हङकङमा अहिले सम्मकै उच्च कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    १३९ पटक

    युवा राई/हङकङ – हङकङमा कोरोना संक्रमण प्रत्येक दिन उच्च विन्दुमा पुगेको छ। आज शुक्रबार मात्र कोरोना संक्रमितको संख्या नया रेकर्ड कायम गरेको छ। आज हङकङमा १ हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको छ।

    अस्पताल प्राधिकरणका अनुसार एक पुरुष र एक महिला कोरोना संक्रमित गरी २ जनाको मृत्यु भएको जनाएको छ । अन्य २ जनाको अवस्था चिन्ताजनक अन्य ११ बिरामीको अवस्था गम्भीर रहेको समेत बताईएको छ। 

    हङकङका सेन्टर फर हेल्थ प्रोटेक्शनले कोभिड-१९ को १ हजार ३ सय २५ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो।  त्यस्तै, करिब १ हजार ५ सय जनामा प्रारम्भिक संक्रमित पुष्टि भएको बताईएको छ। 

    हङकङका सेन्टर फर हेल्थ प्रोटेक्शनका डाक्टर चुआङ शुक क्वानले २ जना आयातित संक्रमित बाहेक १ हजार ३ सय २३ जनामा स्थानीय रहेको बताएका छन्। डाक्टर चुआङका अनुसार १ हजार २ सय ७० जनामा कोरोना भाइरसका नया भेरियन्ट ओमिक्रोन अन्य २४ जनामा डेल्टा भेरियन्ट पुष्टि गरिएका बताईएको छ।

    अधिकारीका अनुसार हङकङका अधिकंश संक्रमितहरु क्वाई चिङ, साम सुई पो, सा टिन, वोंग ताई सिन र ट्युन मुनका स्थानीयहरु रहेका जानकारी दिएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

    पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल...

    फिल्म डेब्युको तयारीमा टिकटकर आयुष : ‘राम नाम सत्य’मा देखिने

    काठमाडौं, साउन १२ – टिकटकमा छुट्टै पहिचान बनाएका आयुष सिंह ठकुरी अब फिल्मको पर्दामा देखिने...

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...