News Portal

  • नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ले मागे क्याप्टेन लामाको राजीनामा, अवकाश उमेर ५८ वर्ष पुर्‍याउन माग

    'क्याबिन क्रु' को अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन माग

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं – नियमसंगत काम नगरेको आरोप लगाउँदै नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ (परिचारिका र परिचारक)ले पाइलट विजय लामाले राजीनामा माग गरेका छन्।

    नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापन बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न माग गरेका हुन् । पाइलट लामा वाइडबडी विमान उडाउने क्याप्टेनबाहेक ‘क्याबिन क्रु’लाई खटनपटन गराउने अपरेशन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक समेत हुन् ।

    ‘लामाको काम गर्ने शैली विधिसंगत नभएको नियम पालना नगरी आफूखुसी निर्णयहरु गर्दा हामी विमान परिचारिका र परिचारकको मनोबलमा असर पर्‍यो।’ करिब एक दशकपछि यसै साता पुनर्जीवीत गराइएको संघको पहिलो बैठकले निर्णयमा लेखेको छ । उनीहरुले निगम व्यवस्थापनलाई श्रम ऐनविपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजिन प्रमुखमा महिला कर्मचारीलाई प्राथमिकतामा दिनुपर्ने लगायतका माग गरेका छन् ।

    निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु छन् । जसमा एयरहोस्टेस (महिला) १०६ छन् भने ५२ स्टेवार्ड (पुरुष परिचारक) छन् । यिनमा ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् । बाँकी सबै करारमा कार्यरत छन् । पाइलट लामाले ५८ वर्षे उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाश पाउँदैछन् ।

    संघको ज्ञापन पत्र

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...