News Portal

  • रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री आलेले खोसे याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका हुन्।

    बुधबार मन्त्रीस्तरीय निर्णयले याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरिएको हो। मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो।

    पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्ध गरेको बताए।

    आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८/०७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरिएको गरिएको आलेले बताए।

    विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पत्राचार गरिएको छ।

    त्यस्तै, राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन मन्त्रालयले अनुरोध गरेको छ। क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाकी रहेको सन्दर्भमा गत विगत वर्षहरूमा पनि पटक-पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत याक एण्ड यति होटललाई जानकारी गराइएको थियो।

    बाँकी बक्यौता दाखिला गर्न चालु आर्थिक वर्ष २०७८ कात्तिकमा मा पैंतीस (३५) दिने र मिति २०७८ पुसमा पन्ध्र (१५) दिने अवधि तोकेर पत्राचार गरिएको थियो। उक्त रकम दाखिला नगरेको भन्दै पर्यटन मन्त्रालयले २०७८ माघ १९ गतेको गोरखापत्र दैनिकमा सात (७) दिनभित्र क्यासिनो सञ्चालनबापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गरेको थियो।

    सो मितिमा पनि दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्ध गर्ने, होटलको पँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्ध गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको आलेले बताए।

    विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्नु/नगराउनु भनी सूचना पठाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...