News Portal

  • कलाकारले अपमानित, अन्यायको अनुभूति गर्ने दिन कहिल्यै नआओस् : अन्जु पन्त

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    काठमाडौं – गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ फेरि गायिका रचना रिमालको आवाजमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरेसंगै विपिन र रचना विवादमा आएपछि अमेरिकामा रहेकी गायिका अन्जु पन्तले “भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्” भनेकी छिन्।

    गायिका अञ्जु पन्तको आवाज र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवादित भएको हो । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम उल्लेख नगरिएपछि गायिका अन्जु पन्तको यस्तो धारणा सामाजिक संजाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

    यो बिषयमा आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेको समयमा गायिका अञ्जु पन्तले गायिका रचना रिमाललाई आफ्नो छोरी सरह सम्बोधन गर्दै फेसबुकमार्फत आफ्नो भनाई सार्वजनिक गरेकी हुन् ।

    हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक संजालमा लेखेकी छिन्–‘भर्खरै पुनः रकेर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न विर्से तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदिश समालले पनि गाउनुभयो ।

    आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो बिषयमा मेरो केही भन्नु छैन । केही समय अगाडि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो स्वरमा नै रि–रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज मलाई पठाउनुभएको थियो । हामी समय अनुकुल मिलाएर पुनः रेडर्क गर्ने योजनामा थियौ ।’

    गायिका अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाई बहिनीहरुलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुशीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छिन् ।

    गायिका अञ्जु पन्तले अगाडि लेखेकी छिन्–‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधै स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ ।

    उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

    गायिका अञ्जु पन्तले यो बिषयमा विवाद र चर्चा नगरि दर्शक श्रोताको माग अनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले भोलीका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुती गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...