News Portal

लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुलको सडक बन्ने

हिमालीसंचार संवाददाता
१६० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको हुलाकी सडकलाई जोड्ने गरी गिरिजाप्रसाद कोइराला मार्गको निर्माणकार्य सुरु भएको छ। लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुल राखेर सडक बन्ने   भएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, विराटनगरले  सडकमा निर्माणकार्यका लागि कुल २ करोडौं ५७ लाख १५ हजार ८ सय ७६  रुपैयाँ ६२ पैसामा ठेक्का दिएको छ ।  ठेक्का शिव शक्ति – वीर जेभी, मोरङले पाएको छ। सडक निर्माणकार्य सुरु गर्नेका लागि बिधिवत रुपमा शिलान्यास गरेर सुरु गरिएको छ। 

विस २०७८ माघ १६ गते ठेक्का पाएको शिव शक्तिले उक्त सडक खण्ड ५ महिना भित्र अर्थात विस २०८९ असार ३० गतेसम्ममा निर्माणकार्य सम्मन गर्नेगरी सक्नुपर्ने सम्झौता  गरिएको छ । सडकमा बस्ति भएको ठाउँको दायाँबायाँ तर्फ नाला तथा क्रस ड्रेनेज र रिटेनिङ स्ट्रक्चर सहित हुनुपर्ने र सडक ५० फिट चौडाई र २१ सय मिटर लम्बाई हुने भएको छ ।   

आईतबार उक्त सडकमा रतुवामाई नगरपालिकाका मेयर रविन राईले अनौपचारिक रुपमा शिलान्यास गरेर सडकमा ग्रावेल सम्मको काम गर्नेका लागि ठेक्केदारलाई जिम्मेवारी दिएको  मेयर रबिन राईले बताए । 

सडकको निर्माणकार्य समय अबधि भन्दा १ महिना अगाडि सम्पन्न गरि सक्ने शिव शक्ति – वीर जेभी, मोरङ प्रमुखले भने अफुहरुले मोरङको विभिन्न स्थानहरुमा सडक बनाउनेदेखि ग्रावेल सम्मको काम गर्दे आईरहेको र सबै स्थाना समय अबधि भन्दा अगाडि नै निर्माणकार्य सम्पन्न हुने निर्मल भट्टराईले बताए।

प्रतिकृया दिनुहोस्

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...