News Portal

  • युएइमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएइ जाने

    हिमालीसंचार संवाददाता
    १६९ पटक

    काठमाडौँ – रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएइ) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा नेपाल सरकार जुटेको छ । युएइमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता नेपाल सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।  

    वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएइ सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएइ जान लागेको श्रम मन्त्रालयले जनाएको छ । नेपाली नागरिकलाई युएइमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितहरुलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (युएइ) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।

    छलफलमा उनले रोजगारीको प्रलोभनमा युएइ गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएइमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा युएइ सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

    नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएइ पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएइ सरकारबाट पनी सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

    छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएइमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको युएइ भ्रमणका क्रममा नेपाल-युएइ संयुक्त समितिको बैठक पनि आयोजना हुने जनाएको छ । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १४ गतेको राशिफल

    आज साउन १४, २०८२ (जुलाई ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको कटाक्ष : ‘संसद बहिष्कार गर्नेहरू लोकतन्त्र विरोधी तरमार हुन्’

    कैलाली, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गर्दै...

    पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

    काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा...

    अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

    काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै...

    गिरीबन्धु टी इस्टेटको जमिन चिया खेतीबाहेक प्रयोग गरे सरकारको स्वामित्वमा जाने : भूमि मन्त्री अधिकारी

    काठमाडौं, साउन १३ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु...