News Portal

  • सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ। सशस्त्र मुख्यालयले साधारण समूह अन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो।

    बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ।

    सशस्त्र प्रहरीमा हाल साधारण उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन्। यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डीएसपी हुने भएका छन्। सिसं ५ का केशव अवस्थी कारबाहीमा परेकाले बढुवामा ढिलाइमा परेका हुन्।

    उता, सिसं ६ अन्तर्गत ९३ जना इन्सपेक्टर भएकोमा अहिले ८५ जना छन्। ८५ मध्येबाट ५६ जना डीएसपी बन्नेछन्। २१ फागुन २०६२ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू १६ वर्षसम्म पनि इन्सपेक्टरमै छन्।

    सशस्त्र प्रहरीमा अहिले एक डीआईजी पद रिक्त छ। गत ९ असारमा एक वर्ष पदावधि थप नभएकाले अवकाश पाएका प्रवीणकुमार श्रेष्ठको पद अहिलेसम्म पनि रिक्त राखिएको छ। उनले सर्वाेच्च अदालतमा दायर गरेको मुद्दा किनारा लागिसकेको छैन।

    २७ माघदेखि डीआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठ पनि अवकाशमा जाँदै छन्। यो हिसाबले २७ माघदेखि सशस्त्रमा तीन डीआईजी पद रिक्त हुँदै छ। ११ जना एसपी पद रिक्त छ।

    लेखातर्फ भने एक डीएसपी पद रिक्त छ। जसमा सिसं ४ का राजकुमार ढकाल प्रत्याशी हुन्। लेखा शाखाका इन्सपेक्टर गणेश मल्ल पनि अर्का दाबेदार हुन्। सशस्त्र प्रहरीमा बेरुजु फस्र्योटमा उनले उल्लेख्य भूमिका खेल्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...