News Portal

  • टेलिकमको वार्षिकोत्सव अवसरमा दिनभर भीओएलटीई कल निःशुल्क, २९४ रुपैयाँमै २० जीबी डेटा

    हिमालीसंचार संवाददाता
    ११७ पटक

    काठमाडौं – सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८ औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ। एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने टेलिकमले जनाएको छ ।

    यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने समेत उल्लेख गरेको छ। कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। 

    जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा सेवाग्राहीले प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

    त्यस्तै, ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

    टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने समेत जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...

    सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो...

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना...

    पोखरा साहसिक पर्यटनको केन्द्र बन्दै : परराष्ट्रमन्त्री देउवाको जोड दिगो विकासमा

    पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप...

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको...