आज : २०२६-०९-२१, सोमबार

मोरङको रंगेलीमा युवासंघद्वारा बिरोध प्रदर्शन

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रंगेली नगरपालिकाको कमिटीले बुधबार विरोध प्रर्दशन गरेको छ ।

नगरको मुख्य बजार बसपार्क हुदै रंगेलीको कालिमंन्दर प्राङ्गणमा आएर कोण सभामा परिणत भएको थियो । राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियुका कार्यकताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर, संविधान र लोकतन्त्रको रक्षा गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा फिर्ता गर, अपराधीक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर लगायतका लिखित नारा बोकि सरकारविरुद्ध प्रर्दशन गरेका थिए ।  

कोण सभालाई अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा अनेरास्ववियु रापस विशाल पराजुली युवा संघ रंगेली नगर कमिटी अध्यक्ष क. बमलाल सवास खेलकुद महासंङ रंगेली नगर कमिटी अध्यक्ष क. राम चिमरिया, अखिल महिला सघ मोरङ्ग जिल्ला कमिटी कोषाध्यक्ष क. उषा झा नेकपा एमाले रंगेली नगर कमिटी सचिव क. सन्तलाल सवास लगायतको उपस्थिति समेत रहेको थियो ।