News Portal

एनआरएनए पदाधिकारीविरुद्ध प्रहरीमा उजुरी, जापानको निर्वाचनमा धाँधली गरेको आरोप

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ। गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा.हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठविरुद्ध उजुरी परेको हो।

जापानको दशैं अधिवेशनको निर्वाचनमा प्रविधिको दुरुप्रयोग गरी एमआइएस सिस्टममा अनाधिकृत पहुँच गरी आइसीसी, आइसीसी आइटीले र एनसिसी एडमिन सञ्चालकले फेरबदल गरी आफूखुसी मतदान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको उजुरीमा उल्लेख गरिएको छ।

उक्त प्रविधिमा प्रयोग भइरहेको युजर इमेल के कति मितिबाट कुन आइपी परिवर्तन भएको हो ?निर्वाचनमा भोटिङ हुँदा कुन-कुन आइपीबाट भएको हो ? भोटिङ गर्न गएकाहरुले के कुन समयमा कसरी भोटिङ गरिसकेका हुन् ? सो लगायतको विषय फरक नपर्नेगरी प्रहरीले पत्र काटेर माघ २१ गतेभित्र उपस्थित हुन अनुरोध गरेको छ।

अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले एनआरएनए जापानको अनलाइन मतदानमा धाँधली गरेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध छानविनको माग गर्दै उजुरी दिएका हुन्। संघको उच्चस्रोतका अनुसार संघको २८ फेब्रुअरीमा हुने निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आचार्य समूहले आफ्नो समूह बाहेकका अन्य पदाधिकारीविरुद्ध मात्र प्रहरीमा उजुरी दर्ता गराएका छन्।

उजुरीकर्ताले एमआइएस (मेम्बवर इन्फरमेशन सिष्टम)को अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष मन केसी र उपाध्यक्ष नविना केसीको विरुद्ध उजुरी दिएका छैनन्। उक्त समूहले परराष्ट्र मन्त्रालयको प्रयोग गरेर संघको निर्वाचन प्रभावित गरिएको थियो। परराष्ट्रलाई उच्च अदालत पाटनले लगाम लगाइदिएपछि उक्त समूहले प्रहरीमा उजुरी हालेको हो।

यसअघि संघले महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलले आगामी शनिबारसम्म प्रतिवेदन पेस गर्ने बताइएको छ। कार्यदलको बैठकले ५ फेब्रुअरीदेखि संघको निर्वाचन प्रक्रियाअघि बढाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...