News Portal

समयमै काम नसक्ने ७ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचनासहित)

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौँ। जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

दाङको बालन ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्ट्रक्सन जडिबुटी, डाइग्नोकेम जय शम्भु जेभी, हाँडिगाउँ, एसएनसी निर्माण सेवा प्रालि, बाँके, शाह निर्माण सेवा, रुपन्देही र आरोग्य कन्ट्रक्सन प्रालि काठमाडौंलाई सरकारले कालो सूचीमा राखेको हो।

कालो सूचीमा राखेको अवधिभर अब यी निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ।

सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।

हेर्नुस् सूचना:

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...