News Portal

समयमै काम नसक्ने ७ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचनासहित)

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौँ। जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

दाङको बालन ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्ट्रक्सन जडिबुटी, डाइग्नोकेम जय शम्भु जेभी, हाँडिगाउँ, एसएनसी निर्माण सेवा प्रालि, बाँके, शाह निर्माण सेवा, रुपन्देही र आरोग्य कन्ट्रक्सन प्रालि काठमाडौंलाई सरकारले कालो सूचीमा राखेको हो।

कालो सूचीमा राखेको अवधिभर अब यी निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ।

सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।

हेर्नुस् सूचना:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...