News Portal

मुक्तिनाथ अधिकारी हत्याको २० बर्ष: न्याय दिन राज्य नै उदासीन

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौँ। राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताउनुभएको छ।

स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्नुहुँदै महामन्त्री थापाले मुक्तिनाथ अधिकारीको निर्मम तरिकाले भएको हत्याको विषय आफूले नयाँ पुस्तालाईसमेत भन्ने गरेको र सरकार एवं सदनबाट फरक ढंगले आवाज उठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो।

कार्यक्रममा माओवादीले हत्या गरेका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्नेलगायत द्वन्द पिडितलाई न्याय दिनुपर्ने मागलाई वेवास्ता गरिएको भन्दै अधिकारकर्मीहरुले सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन।

स्वर्गीय अधिकारीको २०औँ स्मृति दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित  कार्यक्रममा सहभागीहरुले न्यायको माग गर्दा भिख मागेको ठान्ने राज्यप्रति नै नैराश्यता व्यक्त गरेका थिए।

न्यायका लागि हतियार उठाउने पार्टी र थुप्रै समर्थक र शुभेक्छुक गुमाएका दलहरु कयौँ पटक सरकारमा सहभागी भए तर शहिदहरुको पक्षमा आवाज नउठाउँदा व्यवस्थाप्रति नै निराशा छाएको उनीहरुको भनाइ थियो।

कार्यक्रममा स्वर्गीय अधिकारीका छोराहरु सुमन अधिकारी र सुवोध अधिकारी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, मानवअधिकारकर्मीहरु कपिल श्रेष्ठ र चरण प्रसाईं, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष बिक्रम धुकुचु, डा.निरज श्रेष्ठलगायतका वक्ताहरुले न्यायको लागि भएको लडाइँ लामो हुने भएकोले आफ्नो क्षेत्रबाट निरन्तर न्यायका लागि आवाज उठाइरहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्वर्गीय अधिकारीका नाति प्रशान्त तिवारी र नातिनी कविना अधिकारीले कवितामार्फत आफ्नो स्वर्गीय हजुरबुवालाई नदेखेपनि उहाँको योगदान र विना कारण भएको हत्याको माग गर्नुभएको थियो। कार्यक्रम मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको हो।

लमजुङ दुराडाँडास्थित पाँणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्यालयमा अध्यापन गराइरहकैबेला विसं २०५८ साल माघ ३ गते नियन्त्रणमा लिएर विद्यालय भन्दा केही माथि रुखमा झुण्याएर गोली हानी हत्या गरिएको थियो। स्वर्गीय अधिकारीको हत्या भएको समाचार र उहाँको रुखमा बाँधिएको फोटो विश्वव्यापी रुपमा चर्चामा रहेको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...