News Portal

मुक्तिनाथ अधिकारी हत्याको २० बर्ष: न्याय दिन राज्य नै उदासीन

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौँ। राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताउनुभएको छ।

स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्नुहुँदै महामन्त्री थापाले मुक्तिनाथ अधिकारीको निर्मम तरिकाले भएको हत्याको विषय आफूले नयाँ पुस्तालाईसमेत भन्ने गरेको र सरकार एवं सदनबाट फरक ढंगले आवाज उठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो।

कार्यक्रममा माओवादीले हत्या गरेका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्नेलगायत द्वन्द पिडितलाई न्याय दिनुपर्ने मागलाई वेवास्ता गरिएको भन्दै अधिकारकर्मीहरुले सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन।

स्वर्गीय अधिकारीको २०औँ स्मृति दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित  कार्यक्रममा सहभागीहरुले न्यायको माग गर्दा भिख मागेको ठान्ने राज्यप्रति नै नैराश्यता व्यक्त गरेका थिए।

न्यायका लागि हतियार उठाउने पार्टी र थुप्रै समर्थक र शुभेक्छुक गुमाएका दलहरु कयौँ पटक सरकारमा सहभागी भए तर शहिदहरुको पक्षमा आवाज नउठाउँदा व्यवस्थाप्रति नै निराशा छाएको उनीहरुको भनाइ थियो।

कार्यक्रममा स्वर्गीय अधिकारीका छोराहरु सुमन अधिकारी र सुवोध अधिकारी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, मानवअधिकारकर्मीहरु कपिल श्रेष्ठ र चरण प्रसाईं, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष बिक्रम धुकुचु, डा.निरज श्रेष्ठलगायतका वक्ताहरुले न्यायको लागि भएको लडाइँ लामो हुने भएकोले आफ्नो क्षेत्रबाट निरन्तर न्यायका लागि आवाज उठाइरहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्वर्गीय अधिकारीका नाति प्रशान्त तिवारी र नातिनी कविना अधिकारीले कवितामार्फत आफ्नो स्वर्गीय हजुरबुवालाई नदेखेपनि उहाँको योगदान र विना कारण भएको हत्याको माग गर्नुभएको थियो। कार्यक्रम मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको हो।

लमजुङ दुराडाँडास्थित पाँणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्यालयमा अध्यापन गराइरहकैबेला विसं २०५८ साल माघ ३ गते नियन्त्रणमा लिएर विद्यालय भन्दा केही माथि रुखमा झुण्याएर गोली हानी हत्या गरिएको थियो। स्वर्गीय अधिकारीको हत्या भएको समाचार र उहाँको रुखमा बाँधिएको फोटो विश्वव्यापी रुपमा चर्चामा रहेको थियो।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...