News Portal

  • कुवेतमा बेचेको आरोप लगाउने सानिमाको अन्तर्वार्ता लिने युट्युवबिरूद्द प्रेस काउन्सिलमा उजुरी परेपछि…

    हिमालीसंचार संवाददाता
    २६२ पटक

    काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।

    केहिदिन अगाडी कुवेतमा आफ्नै दिदिको छोरा (अभिकेशर मोते)ले आफुलाई नौ सय दिनारमा बेचेको भन्दै झापाकी सिता भुषालले त्यहिँबाट संचालित केही युट्युवरको शरणमा पुगेर भिडियो अन्तरवार्ता दिएकी थिइन्। त्यो अन्तरवार्तालाई बिभिन्न शिर्षक दिएर झापाका केहि युट्युवरले युट्युव च्यानलमार्फत भिडिओ सार्वजनिक गरेका थिए।

    उनले दिएको झुटो अन्तरवार्तालाई युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने एफ.डि.सी अनलाईन टिभि, नेपाल अनलाईन टिभि र भाइरल अनलाईन टिभि युट्युव च्यानलहरु सूचना तथा प्रसारण विभागमा दर्ता वा सुचिकृत नभएको प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

    ती च्यानलहरु वेवपोर्टल वा अनलाइन मिडियाको रुपमासमेत सूचीकरण नभएको बताएको छ। मोतेका दाजुले ती युट्युव च्यानलहरु दर्ता भए/नभएको जानकारी पाउँ भन्दै काठमाडौंस्थित प्रेस काउन्सिल नेपालमा निवेदन दिएका थिए।

    झापा घर भएकी सिता भुषाल झापाकै अभिकेशर मोतेकी सानिमा हुन्। अभिकेशरको परिवार बिगत १४ बर्षदेखी कुवेतमा रहेका छन्। ती युट्युव च्यानलबिरुद्ध मोते परिवारले कानुनी उपचार खोज्दै प्रहरी प्रशासनमासमेत निवेदन दिएका छन्।

    हुँदै नभएको घटनालाई उचालेर परिवारकै चरित्रहत्या गर्ने उदेश्यका साथ युट्युवर प्रयोग गरेको र युट्युवर पनि डलर कमाउने धन्दामा लागेर सामाजिक द्वन्द्व निम्त्याएको भन्दै मोते परिवारले कानुनी उपचारको बाटो अपनाउन बाध्य भएको बताएको छ।

    मोतेले हाम्रोसंचारसँग कुरा गर्दै सिता भुषाल आफ्नै सानिआमा भएको तर उनले केहि युटुबरलाई दिएको अन्तरवार्ता सरासर झुटो भएको बताएका छन्। बरु दलालको पञ्जामा परेर कुवेतमा बेचिन पुगेकी सानिआमालाई आफुले उद्धार गरेको उनले जिकिर गरेका छन्।

    भिडिओमा सिताले आफुलाई बेचेको दाबी गर्दै शारीरिक र मानसिक यातना दिएको दाबी गरेकी छन्। उनले आफुलाई बेचेको घरको तिन तलामाथिबाट हाम फालेर भागेर दुतावासको शरणमा पुगेको जस्ता पत्याउन नसकीने मनगडन्ते कुरा गरेकी छन्।

    यस्तै, भिडिओमा अभिकेशरका दाजु कुमार मोतेलेसमेत आफुलाई टुक्रा-टुक्रा पारेर काट्छु भन्दै धम्की दिएको बताएकी छन्। यद्यपि कुमार मोतेले उनीसँग कुनैपनि किसिमको विवाद नभएको बताएका छन्।

    भिडिओ अन्तर्वार्ता सार्वजनिक गर्ने एफ.डि.सीका प्रमुख मन राइसँग सत्यतथ्य बुझ्न खोज्दा गल्ति भएको भन्दै पहिले पोष्ट गरेको भिडिओ डिलिट गरेका थिए भने, केहिदिन पछि पुन: त्यहि भिडिओ अपलोड गरेका थिए। अहिले एफ.डि.सी युट्युव च्यानललगायत अन्य च्यानलका भिडिओहरु पनि भिडिओहरु हटाइएका छन्।

    यता, कुवेतस्थित नेपाली राजदूतावासले सिता कुवेत आएको कुनै अभिलेख नभएकोले अवैध बाटो हुँदै आएको हुनसक्ने बताएको छ।

    साइबर अपराध अनुसार सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब आदिको दुरुपयोग गरी अपराधजन्य कार्य जस्तै: नैतिकता, घृणा, द्वेष, सामाजिक सद्भाव बिगार्ने, महिला जिस्क्याउने, अपमान गर्ने, यस्तै अमर्यादित कार्य गरेमा रु १ लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...