News Portal

ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
२०८ पटक

रबिन्द्र बराल/मोरङ – ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा सम्पन्न गरेको छ। मोरङको रंगेली नगरपालिका-६, स्थित आफ्नै सहकारीको सभाहलमा बार्षिक साधारणसभा गरेको हो ।  आर्थिक बर्ष ७७/७८ सालको  प्रतिवेदन प्रस्तुत समेत संस्थाका अध्यक्ष सन्तोष कुमार मंण्डलले प्रस्तुत गरेका थिए ।

संस्थाले कुल ७ करोड  १३  लाख  ३३ हजार १५ रुपैया लगानी गरेको छ। संस्थाको कुल पुजी २७ लाख ५१ हजार ३ सय  रुपैयाँ रहेको छ ।  संस्थाले कुल  लगानीमा ७७ लाख ८२ हजार ३ सय ९९ रुपैयाँ ऋण समेत असुली गरेको छ ।  संस्थाले ८६ लाख ८६   हजार ३ सय ७१ रुपैया शुद्ध मुनाफा समेत गरेको छ ।  

संस्थामा  ४ सय  ५५  जना शेयर सदस्य रहेका  छन । संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, क्षेत्रमा कृषि  फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।  कार्यक्रममा  उत्कृष्ट बचतकर्ता, ऋणी, उतकृष्ट कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष डिल्लि पोख्रेल, विशिष्ट अतिथि जिल्ला सहकारी संघ सचिव राकेश दाहाल,  जिल्ला सहकारी कोषाअध्यक्ष अमृत गुरुङ, जिल्ला सहकारीका सदस्य कमलेश्वर ठाकुर विभिन्न वडाका वडाअध्यक्ष सहकारी संस्थाका अशाेक मंण्डल, उषा कुमारी मंण्डल लगायत   पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।  

कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई  सस्तो व्याजदरका ऋण उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सन्ताेष कुमार मंण्डलको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...