News Portal

हिम्भा नेपालद्धारा हिमाविलाई ल्यापटप सहयोग

हिमालीसंचार संवाददाता
३५० पटक

नवराज राई/संखुवासभा – संखुवासभाको हिमालय माध्यामिक विद्यालय खाँदबारीलाई ५ लाख बराबरको १० थान ल्यापटप कम्प्यूटर सहयोग प्राप्त भएको छ । विद्यालयलाई हिम्भा नेपाल नामक संस्थाले एक कार्यक्रमका विच उक्त ल्यापटप हस्तान्तरण गरेको हो ।

ल्यापटप, हिम्भा नेपाल अमेरिका शाखाका संयोजक एवम् लायन्स क्लब अमेरिकाका संयोजक एवम् पूर्व विद्यार्थी लिला श्रेष्ठले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । ल्यापटप आइसीटी भरचुअल कक्षा तथा डिजिटल पुस्तकालय सञ्चालन गर्ने उद्देश्यका साथ प्रदान गरिएको श्रेष्ठले बताए। हिम्भा नेपाल हिमालय माध्यामिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको साझा संगठन हो । 

हिमालय माध्यामिक विद्यालय खाँदबारीबाट एसएलसी वा एसइइ उत्तीर्ण गरेका सबै विद्यार्थीहरु हिम्भा नेपालका सदस्य स्वतः हुने प्रावधान रहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले आजको सहयोग शुरुवात मात्र भएको वताउदै भविष्यमा अत्याधुनिक डिजिटल पूस्तकालय स्थापना गर्ने आफूहरुको योजना रहेको बताए । 

उनका अनुसार विद्यालयमा लियो क्लब गठन गरेर अमेरिकाबाट प्रशिक्षण दिएर ज्ञान आदान प्रदान गरिने योजना रहेको बताए । सहयोग ल्यापटप ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले धन्यवाद व्यक्त गरेका थिए । विधालयका कक्षा कोठालाई विश्वसंग जोड्दै २१ औं शताब्दीमा लक्षित गरिएको गुणस्तरीय शिक्षा हासिल गर्न संस्थाका सहयोगी सदस्यहरु प्रति आभार प्रकट गरेका थिए । 

उनले ल्यापटप विद्यालयका शिक्षकहरुलाई वितरण गरिने बताउदै यसले विद्यालयको कक्षा कोठाहरुमा रहेको स्र्माट टिभिको उचित प्रयोग हुने र शिक्षण सिकाई क्रियाकलापमा सहजता ल्याउने बताए ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी तथा हिमालय माविका विद्यार्थी तथा शिक्षक दीर्घध्वज चापागाई, हिम्भा नेपाल सङ्खुवासभाका अध्यक्ष, हिम्भा नेपाल काठमाण्डौका अध्यक्ष तथा पत्रकार दिपेन्द्र वान्तावा, हिमालय माविका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...