News Portal

  • पर्वतको एक घरेलु उद्योगमा उत्पादित मकै भटमासको सातु विदेशमा लोकप्रिय

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    दुर्गाप्रसाद शर्मा,
    पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप, अमेरिकालगायतका मुलुकहरूमा लोकप्रिय हुन थालेको छ।

    स्थानीय उद्यमी थानेश्वर भुसालले मकै, भटमास, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन शुरू गरेको ३ वर्ष भयो। उहाँले उत्पादन गरेको सातु शुरूका दुई वर्ष जिल्लाका विभिन्न खाद्य पसल, डिपार्टमेन्टल स्टोर हुँदै अहिले विदेश निर्यात गर्न शुरू गर्नुभएको छ।

    उहाँले मुडिकुवामा विगत २० वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ। उद्योगले किसानले उत्पादन गरेका मकै, भटमास, फापर, गहुँलगायतका अन्न भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेको हो।

    बजारमा अर्गानिक खाजाको माग भइरहेकोले बजारमा सातु बनाएर बिक्री गर्न थालेको भुसालले बताउनुभयो। गाउँमा चाख नभए पनि बजार र वैदेशिक रोजगारीमा जानेहरूले यस्तो परिकारको माग गर्नेगरेको उहाँको भनाइ छ।

    ‘गाउँमा यो पुरानो परिकार भन्दै खासै चाख गर्दैनन्,’ उहाँले भन्नुभयो – ‘गाउँबाट बजार झरेका र विदेश जानेहरूले निकै माग गर्न थालेका छन्।’ उहाँका अनुसार जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायत देशमा यहाँ उत्पादित सातु निर्यात भइरहेको छ।

    उद्योगमा भुसालले गएको ७ वर्षदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डी लगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आउनुभएको छ। लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशहरूबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकारसमेत माग हुन थालेपछि ‘पोसिलो सातु’ नाम दिएर विभिन्न अन्नको मिश्रण गरी सातु उत्पादन थालेको भुसाल बताउनुहुन्छ।

    ‘धेरैजसो गैर आवासीय नेपालीहरूले कोशेलीका रूपमा लैजान्छन्,’ उनले भने, ‘दुई वर्षदेखि व्यावसायिक रूपमै केही उत्पादन अमेरिका पठाउँछु। गत आर्थिक वर्षमा करिब ३ क्विन्टल सातु विदेश निर्यात भएको थियो।’ गाउँघरमा उत्पादित अर्गानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाहरूले उद्योगमा उत्पादित सातु पौष्टिकता मात्रै नभएर स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...