News Portal

पोल्यान्डमा नेपालीको रेस्टुरेन्टलाई सर्वोत्कृष्ट अवार्ड !

हिमालीसंचार संवाददाता
३४४ पटक

दीपेन्द्र गजुरेल,
स्पेन। युरोपेली मुलुक पोल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहराज टच अफ इन्डियाले पोल्यान्डको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ गोल्ड अवार्ड प्राप्त गरेको छ।

स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका पूर्वअध्यक्ष व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेस्टुरेन्ट हो।

पोल्यान्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्यान्ड देशकै सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो।

ओरवेको मूल्याङ्कनमा स्नेहाजले १३ दशमलव १५ अङ्क प्राप्त गरेको सापकोटाले बताए। स्नेहराज रेस्टुरेन्ट अघिल्लो पटक होज प्रान्तको मात्र उत्कृष्ट रेस्टुरेन्टको अवार्ड प्राप्त गरेको थियो। यस पटक पोल्यान्डकै सर्वोत्कृष्ट रेस्टुरेन्ट सहित गोल्ड प्राप्त गरेका हौँ।

‘विदेशी भूमिमा विदेशीहरूसँगको व्यवसायमा प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, उनले भने। विगत १७ वर्षदेखि स-परिवार पोल्यान्डमा बस्दै आएका सापकोटा पोल्यान्डमा सफल नेपाली व्यवसायी मानिन्छन्।

उनको सोही स्नेहराज टच रेस्टुरेन्टले पोल्यान्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० र ओरेवेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्राप्त गरिसकेको छ भने, पिएसनेले छनौट गर्ने २०२२ का लागि नोमिनेशनमासमेत परेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...