News Portal

पोल्यान्डमा नेपालीको रेस्टुरेन्टलाई सर्वोत्कृष्ट अवार्ड !

हिमालीसंचार संवाददाता
२९५ पटक

दीपेन्द्र गजुरेल,
स्पेन। युरोपेली मुलुक पोल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहराज टच अफ इन्डियाले पोल्यान्डको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ गोल्ड अवार्ड प्राप्त गरेको छ।

स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका पूर्वअध्यक्ष व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेस्टुरेन्ट हो।

पोल्यान्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्यान्ड देशकै सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो।

ओरवेको मूल्याङ्कनमा स्नेहाजले १३ दशमलव १५ अङ्क प्राप्त गरेको सापकोटाले बताए। स्नेहराज रेस्टुरेन्ट अघिल्लो पटक होज प्रान्तको मात्र उत्कृष्ट रेस्टुरेन्टको अवार्ड प्राप्त गरेको थियो। यस पटक पोल्यान्डकै सर्वोत्कृष्ट रेस्टुरेन्ट सहित गोल्ड प्राप्त गरेका हौँ।

‘विदेशी भूमिमा विदेशीहरूसँगको व्यवसायमा प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, उनले भने। विगत १७ वर्षदेखि स-परिवार पोल्यान्डमा बस्दै आएका सापकोटा पोल्यान्डमा सफल नेपाली व्यवसायी मानिन्छन्।

उनको सोही स्नेहराज टच रेस्टुरेन्टले पोल्यान्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० र ओरेवेद्वारा प्रदान गरिने होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्राप्त गरिसकेको छ भने, पिएसनेले छनौट गर्ने २०२२ का लागि नोमिनेशनमासमेत परेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...