News Portal

गाँजा सहित धनपालथा र धरानका तिन जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२९२ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङ धनपालथान गाउँपालिका २ स्थित   बरियाती टोलबाट नेपालमा प्रतिबन्धित गाँजा सहित तीन जना युवा पक्राउ परेका छन । सोही स्थान बस्ने ४० बर्षीय वसन्त पासवानको घरको ट्वाईलेट पछाडी सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा गाँजा ३ केजी, १०५ ग्राम गाँजा बरामद गरिएको छ ।

प्रतिबन्धित गाँजा बिक्री बितरणको गरेको गोप्य सुचनाको आधारमा अमाहीबरियातीबाट खटिएका प्रहरीको गस्ती टोलीले खोजतलास गर्ने क्रममा पासवान सहित गाँजा ओसार पसार एवम बिक्रिबितरणमा संलग्न रहेका दुई जना युवालाई समेत पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानरपालिका वडा नं. १६ बस्ने ३६ बर्षीय  रबिन राई, सोही स्थान बस्ने २२ वर्षीय वचन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर .१-०२-०४५ प २६९९ नम्बरको  मोटरसाईकल सहित  रविन  राईको साथबाट नगद रु.२० हजार ५ सय रुपैयाँ  बरामद गरी  उक्त गाँजा, तिन जना युवालाई पक्राउ गरेको हो । 

उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...