
रबिन्द्र बराल/मोरङ – मोरङ धनपालथान गाउँपालिका २ स्थित बरियाती टोलबाट नेपालमा प्रतिबन्धित गाँजा सहित तीन जना युवा पक्राउ परेका छन । सोही स्थान बस्ने ४० बर्षीय वसन्त पासवानको घरको ट्वाईलेट पछाडी सेतो प्लाष्टिकमा लुकाई राखेको अवस्थामा गाँजा ३ केजी, १०५ ग्राम गाँजा बरामद गरिएको छ ।
प्रतिबन्धित गाँजा बिक्री बितरणको गरेको गोप्य सुचनाको आधारमा अमाहीबरियातीबाट खटिएका प्रहरीको गस्ती टोलीले खोजतलास गर्ने क्रममा पासवान सहित गाँजा ओसार पसार एवम बिक्रिबितरणमा संलग्न रहेका दुई जना युवालाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानरपालिका वडा नं. १६ बस्ने ३६ बर्षीय रबिन राई, सोही स्थान बस्ने २२ वर्षीय वचन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर .१-०२-०४५ प २६९९ नम्बरको मोटरसाईकल सहित रविन राईको साथबाट नगद रु.२० हजार ५ सय रुपैयाँ बरामद गरी उक्त गाँजा, तिन जना युवालाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए ।