News Portal

मन्त्री झाँक्रीले राउटे युवतीसंग मित लगाइन्

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सुर्खेतमा राउटे समुदायकी युवतीसंग मित लगाएकी छन् । झाँक्रीले शुक्रवार राउटे समुदायमै पुगेर राउटे युवतीसंग मित लगाएकी हुन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्ति पुगेकी मन्त्री झाँक्रीले मित लगाएकी हुन् ।

राउटे समुदायमा मितलाई निकै महत्व दिन्छन् । मन्त्री झाँक्रीले नै मित लगाउने भएपछि शुक्रबार सो राउटे छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ति केही सफा पारिएको र मानिसको उपस्थिती पनि निकै थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अरु घर भन्दा अझ सफा थियो।

केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलुसंग मित लगाएकी हुन् । त्यस्तै, सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग पनि मित लगाएका छन् ।

मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली लिएर गएका थिए । मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए। राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ। यो समुदायसँग छिट्टै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्।

मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ।’ मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। मोवाइल नम्वर मागिन्। बेला–बेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...