News Portal

  • मन्त्री झाँक्रीले राउटे युवतीसंग मित लगाइन्

    हिमालीसंचार संवाददाता
    २११ पटक

    काठमाडौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सुर्खेतमा राउटे समुदायकी युवतीसंग मित लगाएकी छन् । झाँक्रीले शुक्रवार राउटे समुदायमै पुगेर राउटे युवतीसंग मित लगाएकी हुन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्ति पुगेकी मन्त्री झाँक्रीले मित लगाएकी हुन् ।

    राउटे समुदायमा मितलाई निकै महत्व दिन्छन् । मन्त्री झाँक्रीले नै मित लगाउने भएपछि शुक्रबार सो राउटे छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ति केही सफा पारिएको र मानिसको उपस्थिती पनि निकै थियो। राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अरु घर भन्दा अझ सफा थियो।

    केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलुसंग मित लगाएकी हुन् । त्यस्तै, सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग पनि मित लगाएका छन् ।

    मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली लिएर गएका थिए । मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए। राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ। यो समुदायसँग छिट्टै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्।

    मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ।’ मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। मोवाइल नम्वर मागिन्। बेला–बेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...