News Portal

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले निजी निवासमै आराम गरिरहेका छन् । पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएका छन् । पार्टी कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष दाहाल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बस्दै आएका छन् ।

    कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । मुख्यसचिव ढकालले केन्द्रीय कार्यालयका अधिकांश साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताएका छन् । शुक्रबार नै गरिएको कोरोना परिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई समेत कोरोना देखिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...