News Portal

  • चिसो बढेपछि बाँके सरकारी विद्यालय बन्द

    हिमालीसंचार संवाददाता
    १८० पटक

    बाँके – अत्यधिक चिसो बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो।

    बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए।

    उनका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन। कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन्। पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ। त्यसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख यादवको भनाइ छ।

    स्थानीय तहहरुले विद्यालय बन्दका आ-आफ्नै मापदण्ड तय गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाभित्रका बालविकास र १ देखि कक्षा ५ सम्मको पढाइ तीन दिनका लागि बन्द गरिएको प्रवक्ता प्रमोद रिजालले बताए। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...