News Portal

कर्मचारीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिए कारबाही गरिने

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका छन्।

एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उनले भने, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो।”

सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएका थिए। मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताए।

आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, खानेपानी र निःशुल्क वाइफाईको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैँ सकारात्मक रहेकोसमेत मन्त्री आलेले जानकारी गराए। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ।

सो सङ्गठनका अध्यक्ष सन्तकुमार लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूसँग आवश्यक कागजपत्र हुँदाहुँदै पनि विभिन्न बहाना देखाई कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...