News Portal

  • लुथर समुदायिकद्वारा कोशी अस्पताललाई ४२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    २९६ पटक

    रबिन्द्र बराल/मोरङ – ‘हामी सबैको प्रतिबद्धता, कोभिड–१९ रोकथामका लागि ऐक्यवद्धता’ भन्ने मुल  नारासहित कोभिड–१९ को जोखिमलाई प्रतिकार्य गर्नका लागि लुथरनले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । 

    लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाज, रंगेली माेरङले बिराटनगर स्थित  कोशी अस्पताललाई  ४२ लाख ७४ हजार रुपैयाँ बराबरको  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  दातृ निकाय अष्ट्रेलियन एडको सहयोगमा लुथरनले कोशी अस्पताललाई भेन्टिलेटर, बि–पप मेशिन, आईसीयू बेड लगायत एन–९५ मास्क, सर्जिकल ग्लोभ्स्, अक्सिमिटर, स्यानिटाईजर, फेस शिल्ड लगायत का  स्वास्थ्य सामाग्रीहरु निशुल्कः उपलब्ध गराएको छ ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षामन्त्री मिनेन्द्र रिजाल, कोशी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादव, लुथरन विश्व फेडेरेसन नेपालका प्रतिनिधि सपना प्रधान संस्थाका परियोजना अनुगमन तथा मूल्याङ्कन व्यवस्थापक सुमन राई तथा डाटा व्यवस्थापन सहायक अस्मिता चौधरी, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डल  लगायत स्थानीय जनप्रतिनिधिहरु, मिडियाकर्मीहरु तथा लक्षित समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । 

    प्रमुख अतिथि  रिजाल ले भने  लुथरनले सिमान्तकृत वर्गहरुको समुदायमा ले गर्दै आएको मानवीय सेवा कार्य उदाहरणीय रहेको र  यसअघि पनि लुथरनले गर्दै आएको मानवीय सहयोगको  प्रशंसा गर्दै  अस्पताललाई गरेको सहयोगप्रति धन्यवाद  समेत  दिएका छन। 

    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड–१९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्वसाधारणको उपचारमा सहजता प्रदान   गरेकोमा लुथरन समाजले ग्रामीण क्षेत्रमा रहेर पिछडिएको समाजमा काम गर्ने संस्थाले त्यहाँका स्थानीयवासी समेत लाभान्वित भएको र  होउन् भन्ने उदेश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकोमा  आफूलाई खुशी लागेको बताए ।  

    लुथरनले गर्दै आएको मानवीय सेवा कार्यको बारेमा  कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्था मार्फत कोभिडको समयमा र अन्य विपदको समयमा समुदायमा काम गर्न पाउँदा आफूहरुलाई निकै गर्व लागेको सहभागी हरु ले  बताए । संस्थाको कार्यक्षेत्र अन्तर्गत रहेको गाउँपालिका तथा नगरपालिका स्वास्थ्य संस्थाहरुलाई निःशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण  समेत गर्दे आईरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...

    दक्षता र ईमान्दारिताको खडेरी परेको देश – कमला थापा

    २०८२ साउन १८ गते। कुलिन परिवारका कान्छा सदस्य नवयूवराज हृदयेन्द्र शाह आफ्नो आमाको साथ कर्णालीको...

    मिडिया काउन्सिल विधेयकप्रति प्रेस सेन्टर नेपालको आपत्ति : संशोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी

    काठमाडौं, साउन १८ – प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतासँग खेलबाड भएको आरोप लगाउँदै प्रेस सेन्टर...

    प्रधानमन्त्री र मन्त्रीहरूले अब आफैं तोक्नेछन् आफ्नो तलब

    काठमाडौं, साउन १८ – संघीय संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘केही नेपाल...

    आज २०८२ साल साउन १८ गतेको राशिफल

    आज साउन १८, २०८२ (अगस्त ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...