News Portal

कतारको एउटै कम्पनीमा १५० नेपाली अलपत्र, दूतावासले चासो नदिएको पीडितको गुनासो

हिमाली संचार संवाददाता
९०३ पटक

दोहा – कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदारहरु अलपत्र परेको एभरेष्टदैनिकमा समाचार छ।

कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार नगर्न भएपछि उनीहरु अलपत्र परेका हुन। “कम्पनीले तलब दिदैन खान बस्न पनि समस्या छ । बत्ति पानी पनि छैन अहिले विभिन्न संघ सस्थाको सहयोगमा बाचेका छौ “पीडितको भनाइ छ।

कम्पनीले वास्ता नगरेपछि मंग्लवार ३२ जना पीडित कतार स्थित नेपाली दूतावासमा गएका भएपनि दूतावासले बैकल्पिक काम खोजेर रिलिज लिन अथवा टिकट काटेर स्वदेश फर्किन सुझाव दिएको पीडितहरु बताउछन्।

आफुहरु नेपाल बाट श्रम स्वीकृत लिएर बैधानिक रूपमा कतार आएको भएपनी दूतावासले न्यायका लागि कुनै ठोस पहल गरेको छैन रगत पसिना बगायर काम गरेका छौ ५ महिनाको तलब पनि दिएको छैन घर बाट पैसा मागेर कसरी स्वदेश फर्किनु पीडितको गुनासो छ ।

अलपत्र परेका पीडितको बिवरण

 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...